काठमाडौं । सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तिव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रविधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएका हुन् ।
उनले सरकारले सूचना प्रविधिको विकासका लागि काम गर्ने बताउँदै त्यसका लागि सरकारको काममा यस क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई पनि आग्रह गरे। ‘सरकारको अघिल्लो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सूचना, प्रविधिको दशक भनेर सम्बोधन गरे पनि त्यसका लागि कुनै महत्व दिएर काम गरेको देखिएन’ मन्त्री गुरुङले भने ।
उनले नेपाललाई सूचना प्रविधिको हब बनाउन नीति, परिवर्तन र कानुन परिवर्तन गर्नुपर्नेछ भने यी काम सम्पन्न भएपछि त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने बताए ।
उनले डिजिटल नेपाल फ्रेमवर्कका लागि नीति, रणनीति, कानुन बनाएर फ्रेमवर्कभित्रका विभिन्न आठवटा क्षेत्रमा काम गर्नुपर्ने बताए ।