यस्तो छ,आज दिनभरको मौसमको पूर्वानुमान


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जनाएको छ ।

बुधबार र विहीबार देशभर मौसम मूख्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।
चिसो बढेसंगै तापक्रम देशैभर घट्दै गएको छ । महाशाखाको विहान ६ बजे तथ्याङ्क अनुसार काठमाडौको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री पुगको छ । जुम्लाको न्यूनतम तापक्रम माइनर ४ दशमलव एक डिग्री पुगेको छ । तराईको धढगढीमा १२ दशमलव २ डिग्री,भैरहवाको १२ दशमलव ४ डिग्री, नेपालगञ्जको १२ दशमलव ५डिग्री, विराटनगरको १२ डिग्री रहेको छ ।

तर,बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । बुधबार राती कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुने देखिएको छ ।

२०८१ मंसिर १९, बुधबार १०:२६ प्रकाशित
ट्रेन्डिङ समाचार