नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः
-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी
-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान
-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास निर्माणसम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान
-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी
-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र


