काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको छ।
शुक्रबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाँदैछन्।
चिनियाँ विदेश मन्त्रालयले पनि मंसिर १७ गतेदेखि २० गतेसम्म नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने जानकारी आफ्नो वेबसाइटमार्फत दिएको हो।
सरकारी र निजी क्षेत्रका गरी ८७ सदस्यीय नेपाली टोली चीन भ्रमणमा जाने तयारी छ।
२०८१ मंसिर १४, शुक्रबार १८:३९ प्रकाशित