नेपाल राष्ट्र बैङ्कले २०८१ मङ्सिर ४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोज मसान्त (२०८१) सम्म विदेशी मुद्रा सञ्चिति कति रहेको छ ?
रु. २२ खर्ब ३२ अर्ब (हालसम्मकै उच्च)
२. मिस युनिभर्स–२०२४ को ताज चुम्न सफल प्रतिभा को हुन् ?
भिक्टोरिया केजर थेलभिग
३. हालै नेपालको भ्रमण गर्ने भारतीय स्थल सेनाध्यक्ष को हुन् ?
उपेन्द्र द्विवेदी (२०८१ मङ्सिर ५–९ तदनुरूप सन् २०२४ नोभेम्बर २०–२४)
४. बेइजिङ ३० एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
बैङ्कक (थाइल्यान्ड), सन् २०२४ नोभेम्बर १९–२१
५. श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा चयन हुने राजनीतिक व्यक्तित्व को हुन् ?
हरिनी अमरासूर्या (सन् २०२४ नोभेम्बर)
६. जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
विसं २०८१ मङ्सिर ३–५ (सन् २०२४ नोभेम्बर १८–२०), काठमाडौँ
७. भारतले पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?
सन् २०२४ नाभेम्बर
८. पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भएको हो ?
विसं २०८१ मङ्सिर २
९. नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?
विसं २०८१ मङ्सिर २
१०. विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कहिले मनाउने गरिन्छ ?
नोभेम्बर १८–२४
– सन् २०२४ को नारा : प्रतिजैविक प्रतिरोध बुझौँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ ।
११. विश्व शौचालय दिवस कहिले मनाइन्छ ?
नोभेम्बर १९
१२. राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी कहिले भएको हो ?
विसं २०८१ मङ्सिर ५–७
१३. दैवज्ञ विशिष्ट स्रष्टा सम्मान २०८१ कसलाई प्रदान गरियो ?
गीतकार कालीप्रसाद रिजाल
१४. प्रतिष्ठित ग्लोबल एम्बेसडर अवार्ड–२०२४ प्राप्त गर्ने नेपाली राजदूत को हुन् ?
तपस अधिकारी
१५. नेपालमा नागरिक सुरक्षा दिवस कहिले मनाउने गरिन्छ ?
असोज १२ (विसं २०६८ देखि मनाउन थालिएको ।)
१६. नेपालमा पहिलो हरित वडा घोषणा गर्ने गाउँपालिका कुन हो ?
रोल्पाको सुकिदह गाउँपालिका