काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । त्यसैगरी नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाई तथा सफलताको शुभकामना दिए ।
सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका छन् ।
२०८१ मंसिर १३, बिहीबार १६:०३ प्रकाशित