१२ विधाका प्रतिभालाई पुरस्कृत गर्ने नाष्टको निर्णय


काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट)को ४८ औँ प्राज्ञसभाले  १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले नाष्टका प्राज्ञको संयोजकत्वमा गठित छनोट तथा मूल्यांकन समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

निकट भविष्यमा आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा ती पुरस्कार प्रदान गरिनेछ ।

बैठकमा योगदानमा आधारित निवृत्तिभरण कार्यान्वयन, आर्थिक प्रशासन नियमावली संशोधन, २०६६ संशोधनको प्रस्तावलाई थप गृहकार्यसहित छिट्टै बस्ने प्राज्ञ सभामा ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

२०८१ मंसिर १३, बिहीबार १५:५६ प्रकाशित
ट्रेन्डिङ समाचार