आज संघीय मन्त्रीहरुको त्रैमासिक समीक्षा हुँदै


काठमाडौं । आज सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा  हुँदै छ । सो समीक्षा दिउँसो ३ बजे हुनेछ । समीक्षाका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन् ।

चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।

२०८१ मंसिर १२, बुधबार १०:४३ प्रकाशित
ट्रेन्डिङ समाचार