कीर्ते बील र हस्ताक्षरको अभियोगमा कर्मचारी पक्राउ


काठमाडौं । गाडी भाडामा लिएको भनी फर्जी बिल बनाएको आरोपमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

३० लाखको नक्कली बिल तथा कागजात बनाइ अनियमितता गरेको आरोपमा परिषद्का पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन प्रमुख जितेन्द्र कुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषाका प्रहरीले सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको  जानकारी दिए ।

२०८१ मंसिर ११, मंगलवार १५:०३ प्रकाशित
ट्रेन्डिङ समाचार