काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् । सोमबार काठमाडौँ आएर साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो समेत गरे ।
आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि समर्थन गर्न आएको सुनाए । सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् ।
मंसिर १६ गते हुने उपनिर्वाचन हुँदैछ ।
२०८१ मंसिर १०, सोमबार १५:४६ प्रकाशित


