प्रधानमन्त्रीद्वारा हिंसारहित समाज निर्माणका लागि शुभेच्छा प्रकट


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले एक  शुभकामना सन्देश जारी गरी सो शुभेच्छा प्रकट गरेका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, “म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक सङ्घसंस्था वा समाज सबै ठाउँबाट सङ्कल्प गरौँ कि अब हामी लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ”, सन्देशमा भनिएको छ, “यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस्, यस अभियानको भव्य सफलताका निम्ति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

यस वर्षको अभियानको नारा ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ छ ।

 

२०८१ मंसिर १०, सोमबार ११:१७ प्रकाशित
ट्रेन्डिङ समाचार