उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन स्थगित


काठमाडौं । उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन स्थगित  भएको छ। लोकसेवा आयोगले  एक सूचना जारी गरी नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन स्थगित गरेको हो ।

उच्च अदालत पाटनबाट रिट नं.०८१-०८३९ उपर मिति २०८१/०७/१४ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट मिति २०८१/०६/३० मा प्रकाशित नेपाल इञ्जिनियरिंग सेवाका रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका देहायका बढुवा सूचना र आ.प्र.तर्फका विज्ञापनको दरखास्त संकलन समेतका कार्यहरू आयोगको मिति २०८१/०८/०२ को निर्णयअनुसार स्थगित गरेको आयोगले जनाएको छ ।

२०८१ मंसिर ८, शनिबार १५:१६ प्रकाशित
ट्रेन्डिङ समाचार