काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई कायम मुकायम सचिवको जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद्को बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । त्यस्तै सो बैठकले राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।
२०८१ मंसिर ८, शनिबार १५:१० प्रकाशित


