काठमाडौं । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
२०८१ कार्तिक ३०, शुक्रबार १७:१२ प्रकाशित


