काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । केही दिन अर्थात् बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुनेहरूमा पूर्वमेयर गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव छन् ।
मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायमको फैसला गरेको हो ।
उनीहरूलाई सजाय निर्धारणका लागि भने १० मंसिरको पेसी तोकिएको छ । अख्तियारले १४ चैत ०८० मा मुद्दा दायर गरेको थियो ।
२०८१ कार्तिक ३०, शुक्रबार १७:०४ प्रकाशित