राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै


काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै छ ।  सो बैठक केहीबेरपछि अर्थात् ११ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बस्ने यस बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुँदैछन् ।

बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुनेछ।

२०८१ कार्तिक ३०, शुक्रबार १०:३१ प्रकाशित
ट्रेन्डिङ समाचार