४१५ सहसचिव र उपसचिवको पदपूर्ति गर्दैछौँ : मन्त्री गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भीड व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन ४१५ सहसचिव र उपसचिवको पदपूर्ति गर्न लागिएको जानकारी दिएका छन्।

उनले सरकारी कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड हुने अवस्था र कर्मचारी अभावले सेवा प्रवाहलाई सहजताका लागि उल्लेखित पदपूर्ति गर्न लागिएको बताएका हुन् ।  मन्त्रालयले यसका लागि आवश्यक ठोस कदम चालिरहेको उनको भनाइ छ ।

मन्त्री गुप्ताका अनुसार तीनवटै तहमा पर्याप्त जनशक्ति पूर्ति गर्न चुनौती भए पनि व्यवस्थापन तहमा कर्मचारी अभाव हुन नदिने लक्ष्यका साथ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) तहका ४१५ पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि लोकसेवा आयोगमा पदपूर्तिको माग पठाइसकिएको छ।

२०८१ कार्तिक २८, बुधबार १६:२७ प्रकाशित
ट्रेन्डिङ समाचार