उद्योगीलाई बिजुलीको बक्यौता महसुल तिर्न १५ दिनभन्दा बढी दिन सकिँदैन : कुलमान 


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुलीको बक्यौता महसुल तिर्न उद्योगीलाई १५ दिनको समय दिइने र त्यो भन्दा धेरै दिन लाइन काट्न र जोड्न नसकिने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै  उनले यस्तो बताएका हुन् ।

‘सरकारले १५ दिन भित्र बक्यौताको महशुल बुझाउन समय दिन भनेको छ । त्यो समय दिन्छौं, त्यसपछि लाइन काट्ने र जोड्ने काम गर्दैनौं’ उनले भने ।

 

यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको उद्योगको बिजुली काटेको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।

२०८१ कार्तिक २८, बुधबार १५:५९ प्रकाशित
ट्रेन्डिङ समाचार