सवारी दुर्घटना न्यूनीकरण गरी सुरक्षा कायम गर्न सक्रियता कायम गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् ।

मन्त्री लेखकले सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला उनले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई यात्रुवाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिन लगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले भने, ‘सडक सुरक्षा कायम प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु । सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्छ ।’

२०८१ कार्तिक २७, मंगलवार १६:०४ प्रकाशित
ट्रेन्डिङ समाचार