आशिक प्राध्यापकलाई करार बनाउने त्रिविको तयारी


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूलाई करार बनाउने प्रक्रियाका लागि  प्रा.डा. योगेन्द्रप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन भएको छ ।

त्रिविका अनुसार  उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढाउनेछ।

त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गते बसेको बैठकले ६२ वटै आंशिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

सोही आधारमा त्रिवि शिक्षाध्यक्षको कार्यालयले कार्यदल गठन गरेको हो ।

डोटी बहुमुखी क्याम्पस डोटी, डडेलधुरा क्याम्पस डडेलधुरा, सुर्खेत क्याम्पस सुर्खेत, तेह्रथुम क्याम्पस तेह्रथुम, भोजपुर क्याम्पस भोजपुर, विश्वभाषा क्याम्पस काठमाडौँ र जुम्ला क्याम्पस जुम्लालाई पत्राचार गर्दै जानकारी गराएको हो ।

२०८१ कार्तिक २५, आईतवार १६:१९ प्रकाशित
ट्रेन्डिङ समाचार