ADVERTISEMENT

लोकसेवा टिप्स: स्वामित्वका आधारमा सम्पत्तिको वर्गीकरण, सरकारी, सार्वजनिक र सामुदायिक सम्पत्तिको परिचय


उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति भनिन्छ।
स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरण
(क) निजी सम्पत्ति
(ख) सगोलको सम्पत्ति
(ग) संयुक्त सम्पत्ति
(घ) सामुदायिक सम्पत्ति
(ङ) सार्वजनिक सम्पत्ति
(च) सरकारी सम्पत्ति
(छ) गुठीको सम्पत्ति ।
सरकारी सम्पत्ति
नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको देहायको सम्पत्तिलाई सरकारी सम्पत्तिको रुपमा परिभाषित गरिएको छ :-
 सरकारी घर, भवन वा जग्गा
 सडक, बाटो वा रेल्वे
 वन, जङ्गल वा वन जङ्गलमा रहेका रुख, बुट्यान
 नदी, खोलानाला, ताल, पोखरी तथा त्यसको डिल
 नहर, कुलो वा ऐलानी, पर्ती जग्गा
 खनिज वा खनिज पदार्थ
 हिमाल, भीर, पहरा, डगर, बगर, सार्वजनिक बगैँचा
सार्वजनिक सम्पत्ति
सार्वजनिक प्रयोजनको लागि रहेका देहायको सम्पत्तिलाई सार्वजनिक सम्पत्तिको परिभाषित गरिएको छ : –
 परापूर्वकालदेखि रहेको घर, जग्गा, ढल वा बाटो
 कुवा, पँधेरो, पानीघाट, इनार, पोखरी तथा त्यसको डील
 गाईवस्तु निकाल्ने निकास, गौचर, खर्क, अन्त्यष्टीस्थल, चिहान, मसानघाट, समाधिस्थल कब्रिस्थान रहेको जग्गा
 पाटी, पौवा, देवल, धार्मिक उपासनास्थल, स्मारक, मठ, मन्दिर, चैत्य, गुम्बा, स्तूप, मस्जीद, इदगाह, कब्रगाह, गिर्जाघर, चोक, डबली, चौतारी वा सो रहेको जग्गा
 हाट, मेला, सार्वजनिक रूपमा मनोरञ्जन गर्ने वा खेलकुद गर्ने ठाउँ रहेको जग्गा
 सार्वजनिक प्रयोजनको लागि कसैले प्रदान गरेको निजी सम्पत्ति
सामुदायिक सम्पत्ति
 कुनै समुदायले आफ्नो प्रयोगको लागि राखेको जग्गा, त्यस्तो जग्गामा बनाएको कुनै संरचना वा समुदायको स्वामित्व रहेको अन्य सम्पत्ति सामुदायिक सम्पत्ति हो ।
निष्कर्ष
मुलुकी देवानी संहिता, २०७४ ले सम्पत्ति कानूनको सम्बन्धमा प्रगतिशील र नविनतम व्यवस्था गरेको छ ।सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको अतिक्रमण बढ्दै गएको देखिएकोले त्यसको संरक्षणको लागि सबैको ध्यान तथा चासो जान जरुरी रहेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार