लोकसेवा परीक्षाका लागि उपयोगी समसामयिक प्रश्नोत्तर


१. शुक्रबार १० बजे १० मिनेट कार्यक्रम के संग सम्बन्धित छ ? –

डेंगु रोकथाम अभियान
२. अकथित उपन्यासका लेखक को हुन् ? –

श्रीश भण्डारी
३. फिलाडेल्फिया सहरको स्थापना कसले गरेका थिए ? –

विलियम पेन
४. विश्वव्यापी उष्णताले निम्त्याएको संकटविरुद्ध अभियानका रूपमा विश्वमा पहिलो जलवायु कदमका लागि अन्तर्राष्ट्रिय दिवस कहिले मनाइयो ? –

सन् सन् २००९
५. नेपोलियन बोनापार्टविरुद्ध कु को असफल प्रयास गर्ने व्यक्ति को हुन् ?

– क्लाउड फ्रान्वा द म्यालेट
६. जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य रुपमा कुन देवताको मूर्ति रहेको छ ?

– दत्तात्रेय
७. शाम्बाला फिल्मका निर्देशक को हुन् ?

– मीनबहादुर भाम
८. योम किप्पुर युद्ध कहिले भएको थियो ?

– सन् १९७३
९. खैजडी बजाएर नाच्दै गाइने पुराण कथाहरुमा आधारित लोक गाथालाई के भनिन्छ ?

– बालन
१०. कांसाहोप ताल कुन जिल्लामा पर्दछ ?

– खोटाङ
११. भारतको पहिलो लोकसभा अध्यक्ष को हुन् ?

– मीरा कुमार
१२. युरोपको सबैभन्दा ठूलो रंगशाला कुन हो ?

– स्पेनको बार्सिलोनास्थित क्याम्प नोऊ रंगशाला
१३. उसु थाउलो विश्वकप २०२४ मा कास्य पदक जित्ने नेपाली खेलाडी को हुन् ?

– विजय सिँजाली
१४. आलु, मकै गोड्दा वरिपरिबाट उठाउने माटोलाई के भनिन्छ ?

– उकेरा
१५. यूरोपमा पुनर्जागरणको आन्दोलन कुन देशबाट प्रारम्भ भएको थियो ?

– इटाली

२०८१ कार्तिक २३, शुक्रबार ०७:३९ प्रकाशित
ट्रेन्डिङ समाचार