यस्तो छ,आजको मौसम पूर्वानुमान


काठमाडौँ । देशभर स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ । पछिल्लो समय भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

जसले गर्दा कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

२०८१ कार्तिक ११, आईतवार १०:०३ प्रकाशित
ट्रेन्डिङ समाचार