विरोध सभाअघि माओवादीले निकाल्यो जुलुस


काठमाडौं । नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको छ ।

आरएनएसी हुँदै अघि बढेको प्रदर्शन भृकुटीमण्डप पुगेपछि खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ ।

जुलुसमा माओवादी शीर्ष नेताहरूका साथै कार्यकर्ताहरू सहभागी भएका छन् ।

२०८१ कार्तिक १०, शनिबार १३:३० प्रकाशित
ट्रेन्डिङ समाचार