लोकसेवा टिप्स : लागूपदार्थको परिभाषा, कानुनी एवं संस्थागत व्यवस्था र नियन्त्रणका आयाम


लागूपदार्थको परिचय
– मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ नै लागूपदार्थ वा औषध हो ।
– सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ ।
– कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागूऔषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।
– विश्व स्वास्थ्य संगठनले लागूपदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ ।
– लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा ‘घ’ ले लागूऔषधलाई देहाय बमोजिम परिभाषित गरेको छ :
– गाँजा
– औषधोपयोगी गाँजा
– अफिम
– तैयारीको अफिम
– औषधोपयोगि अफिम
– कोकाको झार र पात
– अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ
– नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ
लागूपदार्थका असरहरु
– शारीरिक असरः– एचआईभी/एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने
– मानसिक असरः– एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने
– पारिवारिक तथा सामाजिक असरः– पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने इत्यादि ।
औषध नियन्त्रणका लागि भएका कानुनी एवं संस्थागत व्यवस्था
(क) कानुनी व्यवस्था
– लागूऔषध (नियन्त्रण) ऐन–२०३३
– लागूऔषध नियन्त्रण राष्ट्रिय नीति–२०६३
– लागूऔषध नियन्त्रण रणनीति–२०६६
– लागूऔषध नियन्त्रण कार्ययोजना–२०७५
– लागूऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका–२०७५
– लागूऔषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन–२०७६
– लागूऔषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका–२०७०
– साझेदारीमा लागूऔषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि–२०७५
(ख) संस्थागत व्यवस्था
– गृहमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय लागूऔषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति
– गृह सचिवको संयोजकत्वमा लागूऔषध नियन्त्रण कार्यकारी समिति
– गृह मन्त्रालयले तोकेको सहसचिवले मुख्य लागूऔषध नियन्त्रण अधिकारीका रूपमा कार्य गर्ने
– लागूऔषध नियन्त्रण शाखा
– लागूऔषध नियन्त्रण ब्युरो
– नेपाल प्रहरीका स्थानीयस्तरमा रहेका कार्यालयहरू
– सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय कार्यालयहरू
– जिल्ला प्रशासन कार्यालयहरू
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
– राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र
लागूऔषध नियन्त्रणका आयामहरु
नेपालमा लागूऔषध नियन्त्रण सम्बन्धी मुख्य मार्गदर्शक दस्तावेजका रूपमा लागूऔषध राष्ट्रिय नीति–२०६३ रहेको छ । सो नीतिअनुसार लागूऔषध नियन्त्रणका प्रमुख पक्षहरू÷आयामहरू (डिमिनेसन्स) देहायबमोजिम छन् :–
– आपूर्ति नियन्त्रण
– माग घटाउने
– उपचार तथा पुनःस्थापना
– क्षति न्यूनीकरण
– अनुसन्धान र विकास
– सहकार्य तथा स्रोत साधन उपयोग
निष्कर्ष
लागूपदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ । कुनै पनि बालक वा वयश्क उमेरका युवायुवतीलाई लागूपदार्थका दुव्र्यसनीको सम्पर्कमा आउनबाट कसरी बचाउने र रोक्नेमा ध्यान केन्द्रित गर्ने, लागूपदार्थको स्रोत पनि पहिचान गर्ने तथा कानुनको प्रभावकारी कार्यान्वयनको माध्यमद्वारा लागूपदार्थ नियन्त्रण गर्नुपर्दछ ।

२०८१ कार्तिक १०, शनिबार १०:५९ प्रकाशित
ट्रेन्डिङ समाचार