न्यायिक प्रक्रियामा म्याद तामेलीको महत्व, कार्यविधि, समाह्वान र तामेलीसम्बन्धी प्रक्रिया


पृष्ठभूमि
 मुद्धाका सिलसिलामा कुनै काम गर्न अदालतद्वारा तोकिने कानून बमोजिमको समय नै म्याद हो ।
 मुद्धाका पक्षहरुलाई सुसूचित र विस्तार हुने हकको सुनिश्चितता गर्ने माध्यम नै म्याद हो ।
 म्याद फौजदारी मुद्धामा समाह्वान र देवानी मुद्धामा इतालायनामाको नामबाट जारी हुन्छ ।
म्याद तामेलीको महत्व
 मुद्धाका काम कारबाही प्रक्रियालाई अगाडि बढाउन
 पक्षको सुचनाको हकलाई प्रचलन गराउन
 म्याद सम्बन्धि कामकारबाहीलाई व्यवस्थित गराउन
 अदालतका कामकारबाहीलाई विधिसम्मत बनाउन
 पक्षलाई प्रतिवादको मौका प्रदान गर्न
 एकतर्फी फैसला हुने अवस्थालाई रोक्न
समाह्वान जारी गर्ने कार्यविधि
 अदालतले अभियुक्त वा प्रतिवादीको नाउँमा अदालतमा उपस्थित हुन समाह्वान जारी गर्दा बाटाको म्याद बाहेक एक्काईस दिनको अवधि तोकी म्याद जारी गर्नु पर्ने
 अनुसूची ४ मा उल्लिखित कसूर बाहेकको मुद्दामा अनुसूची २६ र अनुसूची ४ मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा अनुसूची २७ बमोजिमको ढाँचामा म्याद जारी गर्नु पर्ने
 समाह्वानको म्याद थामी पाउन निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले एकपटकको लागि बढीमा पन्ध्र दिनसम्मको समाह्वानको म्याद थामी दिने आदेश दिन सक्ने
 समाव्हानमा तोकिएको म्यादभित्र उपस्थित नहुने अभियुक्त वा प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्न सकिने
 काबू बाहिरको परिस्थिति परी तोकिएको म्यादभित्र उपस्थित हुन नसकेको कारण देखाई अभियुक्तले निवेदन दिएमा र अदालतले निवेदनको व्यहोरा मनासिब ठहराएमा काबू बाहिरको परिस्थिति कायम रहेको अवधि व्यतीत भएको मितिले बाटोको म्याद बाहेक बढीमा पन्ध्र दिनसम्मको म्याद थामी दिने आदेश दिन सक्ने
 काबू बाहिरको परिस्थिति कायम रहेको अवधि भन्नाले देहायको अवधिलाई जनाइने :-
• किरिया वा किरिया सरहको शोकवरण गरी बस्नु परेको भए त्यस्तो ब्यक्तिको मृत्यु भएको पन्ध्र दिन पुगेको मितिले बाटोको म्याद बाहेक सात दिन
• सुत्केरी भएको भए सुत्केरी भएको मितिले बाटोको म्याद बाहेक साठी दिन
• कुनै कारणले सार्वजनिक यातायातको साधन नचलेको भए बाटो खुलेको वा सार्वजनिक यातायातको साधन चलेको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन
• विपद् परेको भए त्यस्तो भएको मितिले बाटोको म्याद बाहेक दश दिन
• अपहरण गरी लगेको वा शरीर बन्धक बनाएको भए त्यस्तो अपहरण वा बन्धकबाट मुक्त भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन
• कुनै दुर्घटनाको कारण अचेत वा अशक्त विरामी भएको कारण हिँडडुल गर्न नसक्ने भई उपचार गराएकोमा अनुसूची ४ बमोजिमको मुद्दाको पक्षको हकमा पन्ध्र दिन र अन्य मुद्दाको पक्षको हकमा तीन महिनाभन्दा बढी नहुने गरी अस्पतालबाट डिस्चार्ज नभएसम्मको अवधि
 निवेदन साथ काबूबाहिरको परिस्थिति उत्पन्न भएको व्यहोरा पुष्टी गर्न आवश्यक पर्ने प्रमाण संलग्न गर्नु पर्ने

२०८१ कार्तिक ९, शुक्रबार १५:१२ प्रकाशित
ट्रेन्डिङ समाचार