
काठमाडौँ । पोखरामा रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ ।
प्रहरीले भीडलाई अघि बढ्न दिएको छैन भने प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला चर्को प्रदर्शन भएको हो । रास्वपाका प्रदर्शनकारीले सहिद चोकमा प्रदर्शन गरिरहेका छन् ।
२०८१ कार्तिक ४, आईतवार १३:१३ प्रकाशित