माओवादीको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि जिल्ला जिल्लामा रहेकाले तिहारअघि बैठक नबस्ने भएको हो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय पदाधिकारी, स्थायी समिति, प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकको रायसुझावका आधारमा दसैँ र तिहारबिच केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका थिए ।

केन्द्रीय समिति बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुको साथै नेताहरूको कार्यविभाजन, समाजवादी आन्दोलनको कार्यक्रम तय गर्ने माओवादी केन्द्रको योजना रहेको छ ।

२०८१ कार्तिक ४, आईतवार ११:३३ प्रकाशित
ट्रेन्डिङ समाचार