राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरिएको सिके राउतको दाबी


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राज्यले गरेको ‘फ्रेमिङ’का आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

हिजो सभापति लामिछाने पक्राउ परेपछि अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘२१ सिट भएको नयाँरराष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन ।’

आफूहरूको बिचमा धरातल र कैयन एजेन्डा फरक होला, कतिपय ठाउँमा विपरीत धारमा पनि उभिएको उल्लेख गर्दै अध्यक्ष राउतले लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा आफूहरूको एकमत रहेको उल्लेख गरेका छन् ।

 

२०८१ कार्तिक ३, शनिबार १७:०७ प्रकाशित
ट्रेन्डिङ समाचार