नेप्से परिसूचकमा सामान्य वृद्धि


काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ : १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।

२०८१ कार्तिक १, बिहीबार १६:४७ प्रकाशित
ट्रेन्डिङ समाचार