ADVERTISEMENT

महानगरपालिकाले गुण्डागर्दी शैलीमा गौशाला धर्मशाला कब्जा गरेको भन्दै आपत्ति


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा सक्रिय विभिन्न सामाजिक तथा धार्मिक सङ्घ संस्थाहरूले विरोध गरेका छन्। साथै महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशाला कब्जा गर्न गएकोमा घोर भर्त्सना गरेका छन्।

मङ्गलवार मारवाडी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाहरूबिच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले सो कदमको विरोध गरेका हुन् । पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभएको भन्दै यो हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको ठहर उनीहरुले गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार