काठमाडौं । नयाँ रेकर्ड बनाएको डलरको मूल्य, असोज २७ गते अर्थात आज भने स्थिार रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ २० पैसा रहेको छ।
यो डलरको हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४६ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४७ रुपैयाँ ३२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३१ रुपैयाँ ३० पैसा र बिक्रीमा ३१ रुपैयाँ ४४ पैसा पाइन्छ।