निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन


काठमाडौं। निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।

प्रतिवेदनमा मतदाता अध्यावधिकको विषय, इभोटिङको विषय, निर्वाचनमा महिला सहभागिता र लैंगिक तथा समावेशीताको विषय समेटिएका छन् ।

२०८१ आश्विन २२, मंगलवार १४:३५ प्रकाशित
ट्रेन्डिङ समाचार