काठमाडाैंमा कुनै पसलेले ठगी गरिरहेको छ ? क्यूआर कोडमार्फत सिधै गुनासो गर्नुस् !


काठमाडौं ।काठमाडौंमा कुनै पसलेले गुणस्तरहीन सामान बेचेको छ ? वा अत्यधिक मूल्य लिएर सामान बेचिरहेको छ र तपाईंलाई ठगिरहेको छ भने अब सिधै क्यूआर कोड स्क्यान गरी काठमाडौं प्रशासनमा उजुरी गर्न सक्नुहुनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्यूआर कोड स्क्यान गर्नासाथ उपभोक्ता उजुरी फर्म आउने र त्यसमा अनलाइनमार्फत उजुरी गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यूआर कोड स्क्यान गर्नासाथ उपभोक्ता उजुरी फाराम आउनेछ र त्यसमा नै गुनासो लेखेर सबमिट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसरी आएका गुनासाको तत्काल सम्बोधन गरिने र कुनै पनि व्यापारीले गुणस्तरहीन सामान बिक्री गरेको र उपभोक्ता ठगीमा संलग्न भएको पाइएमा कडा कानुनी कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

२०८१ आश्विन २१, सोमबार ०७:२१ प्रकाशित
ट्रेन्डिङ समाचार