शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ७ सचिवसहित २२५ कर्मचारी एकैपटक सरुवा


काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका महत्वपूर्ण शाखा रिक्त गराएर ७ सचिवसहित २२५ कर्मचारी एकैपटक सरुवा गरिएको छ ।

मन्त्रालयले ७ सहसचिवसहित २ सय २५ जनालाई एकैपटक सरुवा गरेको हो। मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढी समय एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवा गरेको दाबी गरेको छ।

केन्द्रको मुख्य शाखाका रूपमा रहेको योजनामा अहिले कोही पनि कर्मचारी छैनन् । त्यस्तै, तथ्यांक शाखा (इमिस) का प्रमुख रामचन्द्र शर्मा तिमल्सिनालाई पनि सरुवा गरेको छ। इमिस शाखाले देशैभरका विद्यालय, विद्यार्थीलगायतको तथ्यांक राख्ने निकाय हो । सो शाखा पनि तत्काल रिक्त भएको छ।

मन्त्रालयले केन्द्रको अधिकारसमेत हस्तक्षेप गरी प्राविधिक सहायक र नायब सुब्बासमेतलाई सरुवा गरेको छ। ती कर्मचारीको सरुवा गर्ने अधिकार केन्द्रलाई नै हुने व्यवस्था छ ।

२ सय १८ उपसचिव, अधिकृत र नायब सुब्बा सरुवा गरेको केही दिनअघि सात सहसचिवको सरुवा गरेको थियो । शिक्षा मन्त्रालयअन्तर्गत १४ सहसचिवमध्ये एकैपटक ७ सहसचिवलाई सरुवा गरेको हो । मन्त्रालयका अनुसार शिक्षक सेवा आयोगका सहसचिव शिवकुमार सापकोटालाई मन्त्रालयको योजना महाशाखामा सरुवा गरेको छ ।

हाल सरुवा भएका कर्मचारी कहिले हाजिर हुन आउने हो भन्नेबारे जानकारी छैन। यसअघि तत्कालीन मन्त्री सुमना श्रेष्ठले सरुवा गरेका कर्मचारीलाई सरुवा भएर गएको कार्यालयमा पठाउन नसक्नुभएकी मन्त्री भट्टराईले हालसालै सरुवा भएका कर्मचारीलाई कसरी सरुवा भएको कार्यालयमा पठाउनहुन्छ भन्ने विषय अन्योल देखिएको कर्मचारीले बताउने गरेका छन्।

केन्द्रको मुख्य शाखाका रूपमा रहेको योजनामा अहिले कोही पनि कर्मचारी छैनन् । त्यस्तै, तथ्यांक शाखा (इमिस) का प्रमुख रामचन्द्र शर्मा तिमल्सिनालाई पनि सरुवा गरेको छ। इमिस शाखाले देशैभरका विद्यालय, विद्यार्थीलगायतको तथ्यांक राख्ने निकाय हो । सो शाखा पनि तत्काल रिक्त भएको छ।

२०८१ आश्विन १८, शुक्रबार १२:२४ प्रकाशित
ट्रेन्डिङ समाचार