लोकसेवा परीक्षाका लागि उपयोगी विषयगत प्रश्नोत्तर


१. जलवायु परिवर्तनलाई परिभाषित गर्नुहोस् । जलवायु परिवर्तनले पार्ने प्रभाव र जलवायु परिवर्तनले पार्ने समस्या समाधानका उपायहरुको चर्चा गर्नुहोस् ।
जलवायु परिवर्तनको परिचय
 प्राकृतिक प्रक्रियाका साथै मानव उत्सर्जित हरित गृह ग्याँसको कारण वायुमण्डलमा तापक्रमको वृद्धि हुन गई पैदा भएको असन्तुलन एवं अस्थिरतालाई नै जलवायु परिवर्तन भनिन्छ ।
 संयुक्त राष्ट्रले जलवायु परिवर्तनलाई विश्वव्यापी रुपमा वायुमण्डलको संरचनाका साथै प्राकृतिक स्थिरतालाई परिवर्तन गर्ने गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय गतिविधिको कारण जलवायुमा आएको विचलनको रुपमा परिभाषित गरेको छ ।
 जलवायु परिवर्तनका लागि प्रमुख भुमिका खेल्ने तीन वटा तत्वहरु उत्पादन, उद्योग र गतिविधि हुन् ।
 वातावरण संरक्षण ऐन, २०७६ ले जलवायु परिवर्तनलाई देहाय बमोजिम परिभाषित गरेको छ :-
“लामो समयको अन्तरालमा प्राकृतिक रुपमा हुने जलवायुको उतारचढावको अलावा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलापले वायुमण्डलको बनोटमा हुने फेरबदलका कारण पृथ्वीको जलवायुमा क्रमश देखा पर्ने परिवर्तन नै जलवायु परिवर्तन हो ।”
जलवायु परिवर्तनले पार्ने प्रभाव
 वन, जैविक विविधता, वन्यजन्तु र वनस्पतिमा प्रभाव
• कतिपय, बनस्पति, बोटविरुवा, वन्यजन्तु लोप भएर जाने
• सिमसार क्षेत्रमा नकारात्मक प्रभाव पर्ने
 पारिस्थितिक प्रणालीमा प्रभाव
 जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने
• कुपोषण, मलेरिया, अपाङ्गता तथा मनोवैज्ञानिक समस्या उत्पन्न हुने
• हावा पानी र खानाका कारणहरुले लाग्ने रोगहरु वृद्धि हुने
 कृषि तथा खाद्य सुरक्षा
• कृषी उत्पादन र उत्पादकत्वमा कमी
• बाली चक्रको सन्तुलनमा खलल
• जिविकोपार्जनमा समस्या
 जलवायु जन्य प्राकृतिक प्रकोपहरुमा वृद्धि
• अतिवृष्टि, अनावृष्टि, वेमौसमी वर्षा जस्ता प्रकोपहरु सिर्जना हुने
 जलस्रोत तथा उर्जा
• हिउ पग्लेर हिमताल बन्ने
• पानीका मुहानहरु सुक्दै जाने
 पर्यटन प्रबर्द्धन
 हिमाली र तटीय क्षेत्रमा नकारात्मक प्रभाव
 औद्योगिक कच्चा पदार्थको अभाव
जलवायु परिवर्तनले पार्ने समस्या समाधानका उपाय
कारणलाई सम्वोधन गरेर (न्युनिकरणका उपायहरु)
 हरितगृह ग्याँस उत्सर्जनमा कटौति
 कार्वन सञ्चितिकरण
 खनिज तेलको समुचित प्रयोग
 फोहोरमैला व्यवस्थापन
 वैकल्पिक उर्जाको प्रयोग
 वृक्षारोपण / वन तथा चरण क्षेत्रको व्यवस्थापन
 व्यवस्थित खेती प्रणाली तथा पशुपालन
 सिमसार क्षेत्रको व्यवस्थापन
 व्यवस्थित औद्योगिकरण एवं शहरीकरण
 ठुला सवारी साधनहरुको प्रयोग
 रासायनिक एवं विषादीको प्रयोगमा कमी
असरलाई सम्बोधन गरेर (अनुकूलनका उपायहरु)
 जोखिमपूर्ण समुदाय वा क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी योजना निर्माण र कार्यान्वयन
 वैकल्पिक जीविकोपार्जनका उपायहरुको खोजी
 बिमा, आकस्मिक र अनुकूलन कोषको व्यवस्था
 जनचेतना अभिवृद्धि र प्रकोप पुर्वतयारी
 बाली लगाउने ढाँचामा परिवर्तन
 जलवायु परिवर्तनसँग प्रतिरोध गर्न सक्ने प्रजातिको विकास
 मौसम अनुकूलन
निष्कर्ष
जलवायु परिवर्तनका असरहरु न्युनिकरण नगर्दा नेपालको जीडिपीमा सन् २०५० सम्म ७ प्रतिशत गिरावट आउने र नेपालको वार्षिक तापक्रम सन् २०९० सम्ममा ४.७ डिग्री सेल्सियसले बृद्धि हुन सक्ने प्रक्षेपण तथा क्लाइमेट रिस्क इन्डेक्समा नेपाल चौथो स्थानमा रहेको, सर्वोच्च अदालतले जलवायु परिवर्तन सम्बन्धि छुट्टै कानून बनाउन आदेश दिएको पृष्ठभुमिमा अनुकूलन र न्युनिकरणका उपायहरुको माध्यमबाट जलवायु परिवर्तनका असरहरुलाई सम्वोधन गर्न राज्य संवेदनशील हुन जरुरी छ ।

२. खरिद अधिकारीका काम, कर्तब्य र अधिकार उल्लेख गर्नुहोस् ।
 खरिद योजना तयार गर्ने
 सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार गरे अनुरुपका देहायका कागजात तयार गर्ने
 नमूना प्रस्ताव माग सम्बन्धी कागजात (स्ट्याण्डर्ड रेक्वेस्ट फर प्रपोजल) मा सामान्यतया सारभूत रुपमा फरक नपर्ने गरी आवश्यकता अनुसार परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात तयार गर्ने,
 खरिद सम्बन्धी सूचना सार्वजनिक रुपमा प्रकाशन गर्ने
 पूर्व योग्यता सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात वितरण गर्ने
 परामर्श सेवाको प्रस्ताव सम्बन्धी कागजात पठाउने,
 पूर्व योग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव प्राप्त गर्ने र त्यसलाई सुरक्षित तरिकाले राख्ने,
 पर्न आएका पूर्व योग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव मूल्याङ्कनको लागि मूल्याङ्कन समितिमा पेश गर्ने र मूल्याङ्कित बोलपत्र स्वीकृतिको लागि पेश गर्ने,
 पूर्व योग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव स्वीकृतिको सूचना दिने
 कार्य सम्पादन जमानत लिने र त्यसको परीक्षण गरी सुरक्षित तरिकाले राख्ने,
 खरिद गरेको मालसामान, निर्माण कार्य वा सेवाको गुणस्तर परीक्षण गर्ने गराउने
 सार्वजनिक खरिद अनुगमन कार्यालयले माग गरेको जानकारी र कागजात उपलब्ध गराउने

२०८१ आश्विन १७, बिहीबार २२:१४ प्रकाशित
ट्रेन्डिङ समाचार