अख्तियारका आयुक्तहरूले ७ दिनको तलब बाढीपहिरो पीडितलाई दिने


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाढीपहिरो पीडितका लागि राहतको घोषणा गरेको छ ।

आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको ७ दिनको तलबबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवहरूको ५ दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीको ३, शाखा अधिकृत वा सो सरहका कर्मचारीको २ र अन्य कर्मचारीको १ दिनको तलबबराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

 

२०८१ आश्विन १६, बुधबार २२:२८ प्रकाशित
ट्रेन्डिङ समाचार