काठमाडौं । सरकारले यो वर्षका उत्कृष्ट १० कर्मचारीको सूची सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार उत्कृष्ट कर्मचारीहरु पुरस्कृत हुँदैछन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर रामचन्द्र खनाल, कर्णाली प्रदेशका प्रदेश सचिव शंकर बहादुर केसी, प्रधानमन्त्री कार्यालयका उपसचिव राजु गुरागाई, कागेश्वरी मनहरा नगरपालिकाका प्रशासकिय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चुणाराज न्यौपाने छन् ।
त्यस्तै, गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, संघीय मामिला मन्त्रालयका उपसचिव चिरञ्जिवी नेपाल, नापी कार्यालय, खाँदबारीका सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्षका दरोगा बुनु राना र समशितोष्ण बागवानी केन्द्र मुस्ताङका कार्यालय सहयोगी निलबहादुर पुर्जा मगर छन् । उत्कृष्ट कर्मचारीकाृे सूचीमा एक जना पनि सचिव परेका छैनन् ।
अन्य ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय भएको छ । २ लाख रुपैयाँ राशीको सर्वाेत्कृष्ट निजामती पुरस्कारका लागि भने सरकारले कर्मचारी छान्न सकेन ।
५० हजारको निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरुमा
मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, केशव राज पार्धे , बेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद , राम माया गुरुङ, डा, पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।