विभुषण राईको संयोजकत्वमा सोलुखुम्बु नेविसंघ जिल्ला अधिवेशन तयारी समिति घोषणा


काठमाडौँ । नेविसंघका नेता विभुषण राईको संयोजकत्वमा सोलुखुम्बु नेविसंघ जिल्ला अधिवेशन तयारी समिति घोषणा भएको छ । नेविसंघ सोलुखुम्बु जिल्लाको विधिवत अधिवेशन सप्पन्न गर्नका लागि अधिवेशन तयारी समिती घोषणा गरिएको हो । शनिबार सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा एक कार्यक्रम गर्दै उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसि प्रमुख अतिथी थिए भने नेविसंघका केन्द्रिय सदस्य प्रेमिका राणा मगर लगायतको विशिष्ट अतिथिका रुपमा काठमाडौबाट आएका थिए । संयोजकको रुपमा भुमिका पाएका नेविसंघका नेता विभुषण राईले अब सोलुखुम्बुको नेविसंघको राजनीतिमा टिके प्रथाको अन्त्य भएको दावी गरेका थिए ।

त्यस्तै नेविसंघका केन्द्रिय सदस्यहरुले पनि अधिवेशनबाट नेतृत्व चयन हुन पर्ने र चाँडो अधिवेशन गरेर केन्द्रमा बुझाउन आग्रहका साथै शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले नेविसंघको यो बनेको अधिवेशन तयारी समितीलाई आफुले सक्दो सहयोग गर्ने बताएका छन । त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसिले समयमै अधिवेशन सप्पन्न गर्न र कुनै समस्या अवरोध भए आफू कहाँ आउन आग्रह गरे ।

२०८१ भाद्र २, आईतवार १०:०८ प्रकाशित
ट्रेन्डिङ समाचार