काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डेलाई टेलिफोनसमेत गरेका छन् । थामेमा आएको बाढीका कारण बस्तीमा खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको छ ।
हिमपहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको उनले जानकारी दिइन् । दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् ।
तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई उपल्लो थामेमा भएका होटल तथा घरमा राखिएको छ ।
२०८१ श्रावण ३२, शुक्रबार २२:२३ प्रकाशित