झन्डै ६० सहसचिवको सरुवा, विभिन्न विभागका महानिर्देशक हटाइए


काठमाडौं । सरकारले विभिन्न मन्त्रालय, निकाय, आयोग र प्रदेशमा कार्यरत झण्डै ६० जना सहसचिवको सरुवा गरेको छ ।

विहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले ठुलो संख्णमा सहसचिवको सरुवा गरेको हो । सरुवा भएर गृह र अर्थ मन्त्रालयका जाने सहसचिवको संख्या धेरै छ भने गृह र अर्थबाट केही सहसचिव बाहिरिएका छन् ।

यसैगरी केन्द्रबाट झण्डै एक दर्जन सहसचिवलाई प्रदेशमा पठाइएको छ भने प्रदेशका एक दर्जनलाई केन्द्रमा ल्याइएको छ ।

अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेका महत्वपूर्ण र संवेदनशील विभागको महानिर्देशक परिवर्तन गरिएको छ ।

जस अनुसार आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग तथा सम्पति सुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरुको अन्यत्र सरुवा गरेर त्यहा नयाँ महानिर्देशक ल्याइएको छ । सरुवा भएकाहरुको नाम भने गोप्य राखिएको छ ।

यसैगरि विभिन्न देशमा ४ जनालाई महावाणिज्यदूतमा समेत सिफारिस गरिएको छ । स्रोतका अनुसार सरुवा भएकाहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुदै राजश्व अनुसन्धान विभागको महानिर्देशकमा पठाइने भएको छ । यसैगरी वन मन्त्रालयका भूपाल बराललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डा नारायण रेग्मीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा ल्याइएको छ उहालाई (पर्यटन विभागको महानिर्देशको जिम्मेवारी दिइने सभ्मावना छ ।

यसैगरी .रामकृष्ण लामिछानेलाई पनि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा नै ल्याइएको छ । केहिको नाम भने हेरफेर हुने र संख्या समेत सामान्य घटबढ् हुने बताइएको छ ।

२०८१ श्रावण ३२, शुक्रबार ०६:२७ प्रकाशित
ट्रेन्डिङ समाचार