काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवहरुको सरुवा गरेको हो ।
को कहाँ सरुवा भए ?
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहाल : विद्युतीय सुशासन आयोग
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विजय शर्मा : महिला, बालबालिका मन्त्रालय
राष्ट्रिय महिला आयोगका माधवराज मरासिनी : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
ऊर्जा मन्त्रालयका उपसचिव हेमराज भुसाल : राष्ट्रिय महिला आयोग
महिला, बालबालिका मन्त्रालयकी उपसचिव नीता शर्मा : रक्षा मन्त्रालय
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काजमा रहेका रत्नेश शशी : महिला बालबालिका मन्त्रालयको सचिवालयमा
रविन ढकाल : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
रामहरी पाण्डे : राष्ट्रिय योजना आयोग
फणिन्द्रप्रसाद पौडेल : गृह मन्त्रालयमा
हरि पंगेनी : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ईश्वरीराज ढकाल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
उपसचिव सुरेशराज जोशी : गृह मन्त्रालय
कृष्णप्रसाद चापागाईं : गृह मन्त्रालय
छविलाल पौडेल : गृह मन्त्रालय