कर्मचारीको तलबबारे मन्त्रिपरिषद्मा बहस, मुख्यसचिवले के भनिन् ?


काठमाडौं । मन्त्रिपरिषद्मा कर्मचारीको तलबबारे डेढ घण्टामा बहस भएको छ ।  सर्वोच्च अदालतले कर्मचारीको तलबमानबारे परमादेश जारी गरेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा कर्मचारीको तलबारे बहस भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगेको यो प्रस्ताव बैठकमा पेश भएपछि सर्वोच्चको फैसलाबारे मन्त्रीहरुले चासो देखाएका थिए ।
सो क्रममा मुख्यसचिव लीलादेवी गड्तौलालाई परमादेशको पूर्णपाठ वाचन गरेर सुनाइन् ।

परमादेशको कार्यान्वयनले अधिकृतस्तरका सहसचिव (राजपत्रांकित प्रथम श्रेणी), उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) र शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) को मात्रै तलब बढ्ने जानकारी दिइन् । सर्वोच्चको फैसलाअनुसार तुरुन्तै तलब बढाउनुपर्ने अवस्था रहेको भन्दै उनले मन्त्रपिरिषदबाट कस्तो निर्णय हुनुपर्छ भन्नेबारे जानकारी गराइन् ।

२०८१ श्रावण २९, मंगलवार १४:४६ प्रकाशित
ट्रेन्डिङ समाचार