
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाका लागि मिति तय गरेको छ । परीक्षामा न्यूनतम डी ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरे पूरक परीक्षा दिन पाउने छ ।
बोर्डका अनुसार दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छ ।
परीक्षा आगामी भदौ २५ गते अनिवार्य अंग्रेजीको हुनेछ । एक विषयमा मात्र परीक्षा दिने परीक्षाथीको सबै विषयसमेत यही दिन हुनेछ । दुई विषयमा परीक्षा दिनु पर्नेमा सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र नेपाली दुवै परीक्षा दिनु पर्नेले अंग्रेजी (००४१) र दोस्रो दिन नेपाली (००२१) विषयको परीक्षा हुने छ ।
भदौ २६ गते अर्को विषयको परीक्षा हुनेछ । यस दिन भने दुई विषय परीक्षा दिनु पर्नेमध्ये ठूलो कोड नम्बर भएको विषय हुनेछ । यस दिन अंग्रेजीको परीक्षाबाहेक अन्य परीक्षा हुने छ ।