लोकसेवा आयोग परीक्षाका लागि उपयोगी प्रश्नोत्तर


१. गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि विजेता को हुन् ?

– करण परियार
२. २०१५ सालमा भएको प्रतिनिधिसभा निर्वाचनका लागि कति वटा निर्वाचन क्षेत्र कायम गरिएका थिए ?

– १०९ वटा
३. नेपाल अधिराज्यको संविधान, २०१५ मताधिकार प्रयोग गर्न पाउनका लागि आवश्यक उमेर कति तोकेको थियो ?

– २१ वर्ष
४. नेपालको संविधान २०१९ ले व्यवस्था गरेका वर्गीय संगठनहरु कुन कुन हुन् ?

– नेपाल महिला संगठन नेपाल किसान संगठन नेपाल युवक संगठन नेपाल प्रौढ संगठन नेपाल मजदुर संगठन र नेपाल भूतपुर्व सैनिक संगठन
५. नेपालको संविधान २०१९ ले प्रधानान्याधिसको पदावधि कति वर्ष तोकेको थियो ?

– १० वर्ष
६. अनुसूचीको व्यवस्था नभएको संविधान कुन हो ?

– नेपाल अधिराज्यको संविधान २०१५
७. पहिलो पटक कुन संविधानको अनुसूचीमा राष्ट्रिय गानको व्यवस्था गरिएको थियो ?

– नेपालको संविधान २०१९
८. लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?

– सरदार नरेन्द्रमान सिंह प्रधान
९. लोकसेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?

– २०१७ साल माघ २५ गते देखि २०१८ साल जेठ मसान्त सम्म
१०. लोकसेवा आयोगले विद्युतीय प्रणालीबाट दरखास्त संकलन कार्य कहिलेदेखि शुरु गरेको हो ?

– २०७१ चैत २३
११. नेपालका प्रथम महालेखापरिक्षक को हुन् ?

– चन्द्रबहादुर थापा

२०८१ श्रावण १३, आईतवार १२:२४ प्रकाशित
ट्रेन्डिङ समाचार