तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु


काठमाडौँ । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।  बागलुङको बरेङ गाउँपालिका–४ घर भई बुटवलको सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए।

खत्रीको शव नदी छेउमा भेटिएको छ ।  ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले  तिनाउ नदीमा बगेका मध्ये पाण्डेको खोजी भइरहेको बताए । नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् ।

२०८१ श्रावण १२, शनिबार १३:१९ प्रकाशित
ट्रेन्डिङ समाचार