करेन्ट लागेर तीन जनाको मृत्यु


काठमाडौँ । उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका-६ ओदाले बस्ने २६ वर्षीय राजीव कुमार मगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित घिजहरी खोलाबाट आफ्नै खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यता झापाको मेचीनगर नगरपालिका-१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दीप तुम्बाम्फोको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका  उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापाको कचनकवल गाउँपालिका-४ केचना बस्ने ललन साहको छोरा १५ वर्षीय विशाल साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा उपचारको क्रममा मृत्यु भएको हो ।

२०८१ श्रावण १०, बिहीबार १२:५३ प्रकाशित
ट्रेन्डिङ समाचार