पूर्वराज्यमन्त्रीको हत्या


काठमाडौं । सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं. १मा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।प्रहरीका अनुसार  घरमै रहेका बेला  उनको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाही  प्रहरीले जनाएकाे छ ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

 

२०८१ श्रावण ७, सोमबार १०:१२ प्रकाशित
ट्रेन्डिङ समाचार