उपसभामुख प्रकरणमा रास्वपाको धारणा : आर्थिक लेनदने देखिएन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित उपसभामुख इन्दिरा रानामगरबारे धारणा सर्वजनिक गरेको छ । रास्वपाले उपसभामुख रानामगरले अमेरिकी भिसाका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

रास्वापा एक विज्ञप्ति जारी गर्दै यस्तो जिकिर गरेको हो । सो विज्ञप्तिमा रानाले भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको उल्लेख छ ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

२०८१ श्रावण ६, आईतवार १०:१७ प्रकाशित
ट्रेन्डिङ समाचार