सिमलताल पहिरोमा परेका चालक र सहचालको शव नेपाल भारत सीमामा फेला


काठमाडौं । प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको  पारेको छ ।

उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको हो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।

असार २८ गते बिहान भएको सो दुर्घटनामा परी काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस दुर्घटना भएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार  अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ ।  भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् । अझै ४५ यात्रुको अवस्था अज्ञात छ ।

२०८१ श्रावण २, बुधबार १०:१७ प्रकाशित
ट्रेन्डिङ समाचार